AMAR SINGH'परिवर्तन'

Thursday 15 September 2016

भारतमा क्रान्तिको शंखघोष गर्ने चारु मजुमदार को थिए ?

चारु मजुमदार पश्चिम बंगालको एउटा गाउँ नक्सलबाडीका भारतीय कम्युनिष्ट पार्टीका चर्चित नेता थिए । सन् १९१८ मा सिलिगुडीको सम्भ्रान्त परिवार... thumbnail 1 summary
चारु मजुमदार पश्चिम बंगालको एउटा गाउँ नक्सलबाडीका भारतीय कम्युनिष्ट पार्टीका चर्चित नेता थिए ।
सन् १९१८ मा सिलिगुडीको सम्भ्रान्त परिवारमा जन्मिएका उनले क्रान्तिको कठिन र संघर्षपूर्ण बाटो रोजे र जेलमा पाएको यातनाकै कारण उनले मृत्युवरण गर्न पुगे ।
सन् १९६७ मा सत्ताका विरुद्ध उनले सुरु गरेको सशस्त्र संघर्षको नाम हो, नक्सलबाडी आन्दोलन । सिलिगुडीमा जन्मिएपनि उनले आफ्नो विद्रोही जीवन आन्ध्र प्रदेशको तेलंगना आन्दोलनबाट सुरु गरेका थिए ।
त्यसबेला सन् १९६२ मा उनले जेलजीवन बिताएका थिए । सोही बेला उनको कानु सान्यालसँग राजनीतिक वैचारिक मतभेद चुलियो र अलग हुन पुगे ।
चारु मजुमदारले अल इण्डिया कोअर्डिनेशन अफ कम्युनिष्ट रिभोल्युसनरीजको स्थापना गर्दै फेरि भारतमा क्रान्तिकारी आन्दोलनलाई अघि बढाए । त्यसपछि माक्र्सवादी लेनिनवादी पार्टी स्थापना गरेका मजुमदार सो पार्टीका महासचिव थिए । १६ जुलाई १९७२ मा पुनः पक्राउ परेका मजुमदारलाई प्रहरीले यति चरम यातना दियो कि उनको २८ जुलाई १९७२ मा मृत्यु नै भयो । 
क्रान्तिकारीका लागि प्रेरणाका स्रोत 
चारु मजुमदार सम्पन्न परिवारमा जन्मिएर पनि कठिन मार्ग रोजेका व्यक्ति हुन् । उनले भारतमा मजदुर र किसान वर्गका लागि सञ्चालन गरेको आन्दोलन आज पनि क्रान्तिकारीहरुका लागि एक उत्प्रेरणाको स्रोत बनिरहेको छ । सन् १९३७ मा कजेल पढ्दै गर्दा बिचमा नै छाडेर उनी भारतीय राष्ट्रिय काँग्रेसमा लागेका थिए ।
उनले त्यहाँ रहँदा संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेले । तर, काँग्रेसबाट भारतीय किसान र मजुदुर वर्गको मुक्ति असम्भव देखेपछि कम्युनिष्ट पार्टीमा प्रवेश गरे । भारतीय कम्युनिष्ट पार्टीमा किसान शाखा सम्हालेका उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भूमिगत भएका थिए । सन् १९४६ मा उत्तर बंगालमा मजदुर किसानको साथ लिएर आन्दोलन सुरु गरेका उनी दार्जिलिङको चिया बगान हुँदै किसान र मजदुरका बस्तीमा पुगेर क्रान्तिकारी चेतना भर्ने काम गरे ।
चारु मजुमदारले सन् १९६२ मा तेलंगना आन्दोलन सुरु गरेका थिए । तर, आन्दोलनकै क्रममा उनी जेल परेका थिए । जेलबाट छुटेपछि अल इण्डिया कोआर्डिनेशन अफ कम्युनिस्ट रिभोल्युसनरीज स्थापना गरे ।
त्यसपछि पुन उनले माक्र्सवादी लेनिनवादी पार्टीको गठन गरी महासचिव बने । त्यसबेला पनि उनी पक्राउ पर्ने र रिहा हुने क्रम चलिरह्यो । अन्ततः उनले सन् १९६७ मा भारतीय सत्ताकोे विरुद्ध एक सशस्त्र संघर्षको सुरुआत गरे । सोही आन्दोलन नै नक्सलवादी आन्दोलन हो ।
आफ्नो पार्टीको महासचिव रहेका चारु मजुमदार चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव माओत्से तुंगका ठूलो प्रशंसक थिए । उनले माओलाई आफ्नो अध्यक्षको रुपमा चित्रण गरेका थिए ।
विभिन्न स्थानमा कम्युनिष्ट पार्टीका संगठन निर्माण गर्दै उनले भारतको बिहार, झारखण्ड, छत्तिसगढलगायतका स्थानमा क्रान्तिको आँधी सिर्जना गरे । उनको जेलमा पाएको यातनाकै कारण २८ जुलाई १९७२ मा कलकत्ताको अलीपुर जेलमा मृत्यु भयो ।
अहिले पनि भाकपा (माओवादी) मा संगठित भएर विभिन्न स्थानमा आन्दोलन चलिरहेको छ । तर भारतीय सत्ताको दमनलाई छिचोल्दै सो आन्दोलनले आफूलाई शक्तिशाली बनाउन सकिरहेको छैन । नक्सलवादी आन्दोलन भने भारतमा ओझेलमा छ ।
पश्चिम बंगालको गत वर्षको निर्वाचनमा कम्युनिष्ट पार्टीले आफ्नो राम्रो उपस्थिति देखाएको छ । चारु मजुमदारकै पार्टीको पनि त्यसमा संलग्नता भएको खबर नआएका होइनन् । तर, दक्षिण एसियाको क्रान्तिकारी आन्दोलनमा उनको नाम र भूमिका उल्लेखीय रहेको छ ।
साभार:मुलबाटो डट कम

No comments

Post a Comment