AMAR SINGH'परिवर्तन'

Saturday 10 September 2016

मार्क्सकै अघि,ढलेको पेरिस कम्युनको अधुरो कहानी...!

युजेन पोतर ले पेरिसबाट भाग्दा भाग्दै ‘ उठ जाग ए भोका नाङ्गा ,  जाग संसारका दुःखी ’ भन्ने कालजयी क्रान्तिकारी अन्तर्राष्टिय  गीतको रचना गरेका... thumbnail 1 summary
युजेन पोतरले पेरिसबाट भाग्दा भाग्दै ‘उठ जाग ए भोका नाङ्गाजाग संसारका दुःखी’ भन्ने कालजयीक्रान्तिकारी अन्तर्राष्टिय गीतको रचना गरेका थिए ।

आजसम्मको मानव समाजको इतिहासमा सर्वहारावर्गले आफ्नो अधिनायकत्व लागु गरेको पहिलो अनुभव थियो पेरिस कम्युन । सन् १८४८ मा माक्र्स र ऐङ्गेल्सले साम्यवादी व्यवस्थाको परिकल्पना गरि कम्युनिस्ट घोषणा पत्र जारी गरेपछि भएको एक अभूतपूर्व परिघटना थियो पेरिस कम्युन ।
तर दुर्भाग्य उनीहरुकै जीवनमा सफल
भएको क्रान्ति, उनीहरुको आँखा अघि ढल्न पुग्यो ।
सन् १८७१ मा मजदुरवर्गले विद्रोह गरि स्थापना गरेको क्रान्तिकारी सरकार, १८ मार्चदेखि २८ मेसम्म, जम्मा ७२ दिन मात्र टिकेको थियो

यसरी भएको थियो पेरिस कम्युनको जन्मः
सन् १८५० को पछि सम्पूर्ण यूरोप औद्योगिक क्रान्तिको तिब्र गतिमा अघि बढिरहेको थियो । सम्पूर्ण यूरोपमा पँुजीवाद मौलाउँदै गएको थियो । कतिपय देशहरु एकआपसमा लडिपनि रहेका थिए । त्यसैबीच ४ जुलाई १८७० मा फ्रान्सले जर्मनीमाथि हमला ग¥यो । ६ सातापछि फ्रान्सले जर्मनीसँग आत्मासमपर्ण गयो । त्यही संकटबाट बोनापार्ट तृतीयको राजतन्त्रको पनि अन्त्य भयो र फ्रान्स र जर्मनीबीच युद्धबिराम गर्ने सम्झौता भयो । सम्झौतामा हस्ताक्षर गर्दै फ्रान्सले पेरिस जर्मनीलाई सुम्पीने सहमति भयो । तर क्रन्तिकारी मजदुरको पकटमा रहेको पेरिसवासीले दुश्मनसँग आत्मासमपर्ण नगर्ने अडान लियो । त्यही अडान अनुरुप मार्च १८ मा सरकारी सेनाले पेरिसका मजदुरमाथि सशस्त्र हमला ग¥यो ।
सरकारी सेनाको दमनको अघि क्रान्तिकारी मजदुरहरु झुकेनन् । अन्ततः उल्टै मजदुरहरुले पेरिसलाई पूर्ण कब्जामा लिए । त्यसपछि पेरिसलाई फ्रान्सबाट अलग गरेर त्यहाँका कम्युनिस्ट मजदुरहरुले शासन चलाउन थाले ।

चुनावमा गए मजदुरहरुः 
पेरिस कब्जा गरेपछि त्यहाँ आम चुनावमा होमिए मजदुरहरु । त्यसपछि ज्याकोविन्स तथा रिपब्लिकनहरुको सहभागिता रहेको एक परिषद्को गठन भयो । सोही परिषद्ले पेरिस एक स्वतन्त्र कम्युन भएको घोषणा ग¥यो ।
 समस्याका बाजजुत अघि बढिरह्यो पेरिसः
पेरिस एक स्वतन्त्र कम्युन भएपछि वाह्य नाकाबन्दीहरु झेल्नुप¥यो । उनीहरुले बा“की विश्वलाई पनि आफ्नो कदमलाई समर्थन गर्न आवहान गरिरहे । पेरिस कम्युनले अत्यन्तै सर्वहारा मजदुर वर्गद्धारा पनि राज्यसत्ता प्राप्त हुन र संचालन हुन सम्भव छ भनेर निरन्तर सन्देश दिइरहे । उनीहरु व्यापक सहकारीको नीति लागु गर्नतिर गए । मे को अन्त्य सम्म पुग्दा ४३ वटा मजदुरहरुले पहिला काम गर्ने कार्यक्षेत्र सहकारीमा परिणत भइसकेको थियो ।
७२ दिनको छोटो अवधिमा पेरिस कम्युनले गरेका केही महत्वपूर्ण कार्यहरुः
१. राज्य र चर्चबीचको सम्बन्ध अन्त्य

२. क्रान्तिको बेला कब्जा गरिएको सम्पत्तिको क्षतिपूर्ति वितरण
३. मजदुरहरुले गर्नुपर्ने रात्रिकालीन कामको अन्त्य
४. संघर्षका क्रममा मारिएका मजदूरका परिवारलाई निवृत्तिभरणको सुविधा
५. व्यापारिक ऋणका सर्त तथा ऋणको व्याज लगाउने प्रणालीको अन्त्य,
६. मालिकहरुबाट त्यागिएका व्यवसाय उसका कामदारले सम्हाल्ने प्रकृया शुरु
७. मालिकलाई न्यूनतम क्षतिपूर्ति उपलब्ध गराउने घोषणा
पेरिस कम्युनको कमजोरीः
पेरिस कम्युन विश्व इतिहासमा एक अद्धित्तिय किर्तिमानी कम्युन थियो । तर त्यो धेरै दिन टिक्न सकेन । यसको पछाडि विभिन्न कारणहरु अन्तरनिहित रहे । मुलतः पेरिस कम्युनको कमजोरीहरुलाई निम्नबुँधामा उल्लेख गर्न सकिन्छ।
१. दुरदृष्टि भएको नेतृत्वको अभाव
२. अन्यौलापूर्ण राजनीतिक कार्यदिशा
३.त्रासदीपूर्ण जनसंख्या र घेराबन्दी
४. कम्युन सदस्यहरुमा राजनीतिक ज्ञानको कमी
५. कम्युनिस्ट कम्युन सञ्चालनको अनुभवको कमि
६. विलकुल नयाँ युवाहरुको हातमा कम्युन


यीनै कमजोरीका बावजुत सर्वहारा वर्गको शिशु कम्युन बामेसर्दै थियो । त्यही अवस्थामा मे २१, १८७१ म पेरिसमा पुन सैन्य हमला भयो । एक सातासम्म मजदुरहरुले ज्यानको पर्वाह नगरि कम्युन बचाउन लडिरहे । हतियारको कमि, नाकाबन्दी लगायतको समस्याका बाजदुत लडिरहे । अन्ततः मे २८मा सरकारी सेनाले पेरिस कब्जा गरि छाड्यो । विश्वभरीका सर्वहारा मजदुर वर्षको आस्थाको धरोहर ७२ दिनमै ध्वस्त भयो 



कति मारिए एक सातामा ?
उक्त छिना झपडिमा महिला बालबालिकासहित ३० हजार मजदुरहरु मारिए । ४५ हजार गिरफ्तारीमा परे । १५ हजारलाई जेल र फासीको सजाए दिइयो । त्यसपछि पेरिस कम्युन तहन नहस भयो । बाँकीरहेका मजदुरहरु भाग भाग गर्न थाले । नजिकका विभिन्न देश तर्फ भागे ।

भाग्दा भाग्दै युजे पोतरले,कम्युनिस्ट अन्तर्राष्टिय गीत लेखेः 

इतिहासकारहरुले पेरिस कम्युन पतनपछि दशौंहजार मानिस अन्यत्र भागेको बताएका छन् । त्यही भाग्ने मध्येका एक थिए युजेन पोतर । उनैले भाग्दा भाग्दै उठ जाग ए भोका नाङ्गा, जाग संसारका दुःखी भन्दै क्रान्तिकारी अन्तर्राष्टिय गीतको रचना गरेका थिए । आज उक्त गीत संसार भरका कम्युनिस्टहरुले विभिन्न भाषामा अनुवाद गरि गाइरहेका छन् । उनको गीत गुन्जिरहँदा यस्तो लाग्छ, युजेन पोतर पेरिस कम्युन छाडेर भागिरहेका छैनन्, उनी ऐन्डिज र सगरमाथाको शिखरमा बसि ठूलो ठूलो स्वरमा दुनियाँलाई जगाइरहेका छन् । उक्त गीतको स्वयम् कार्ल माक्र्सले समेत उच्च प्रसंशा गरेका थिए ।
पेरिस कम्युन पतनपछि माक्र्सको वक्तव्यः 
पेरिस कम्युनको पतनपछि विश्व भर ठूलो हलचल मच्चियो । आफ्नो जीवनको उत्कर्षमा पुग्दै गरेको पुँजीवाद खुशीले रमाए । त्यहीबेला माक्र्सले अन्तर्राष्टिय जनरल काउन्सिलका तर्फबाट एउटा वक्तब्य जारी गरे ।
 अहिले कस्तो छ पेरिसको अवस्था ? 
अहिले त्यहाँका कम्युनिष्ट पार्टीहरु चुनावमा भाग लिन थालेका छन् । फ्रेन्च कम्युनिष्ट पार्टीले जनजिविकाका समालहरुमा आवाज उठाएर मानिसहरुले मन जित्ने कोशिस गरिरहेका छन् । दोस्रो विश्वयुद्धमा खेलेको भूमिकाका कारण युद्धको समाप्तिपछि फ्रान्समा कम्युनिष्ट पार्टी प्रति मानिसहरुको आकर्षण बढ्दो छ । अहिले फ्रान्सेली कम्युनिष्ट पार्टी (पीसीएफ) को नामबाट त्यहाँका मजदुर वर्गमा आफ्नो विशेष प्रभाव जमाइरहेको छ ।

सरकारमा तीन पटक सहभागीः

हाल फ्रेन्च कम्युनिष्ट पार्टीमा १ लाख ३८ हजार सक्रिय सदस्यहरु रहेका छन् । सन् १९२० मा स्थापना भएको पार्टी फ्रान्सका ३ वटा सरकारमा सामेल भइसकेको छ । फ्रान्सेली कम्युनिष्ट पार्टी पीसीएफको ५७७ सदस्यीय नेशनल एशेम्लीमा १० सीट छ भने सन् २०१२ मा भएको आम चुनावमा ६.९ प्रतिशत मत प्राप्त गरेको थियो ।
साभार :- खबर डबली डट कम


No comments

Post a Comment